२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

२०७७, ११ भाद्र बिहीबार ११:४९

भदौ ११, मकवानपुर | मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ ।  जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाद्वारा निर्माण गरिने खानेपानी, स्वास्थ्यचौकी भवन तथा वडा कार्यालय भवन र सामुदायिक भवनलगायत एक दर्जन योजना निर्माणमा लगानी सहयोग गरिएको बताइएको छ । 

जिससले कार्ययोजना बनाएर स्थानीय निकायलाई भवन निर्माण योजनामा ६० प्रतिशत र खानेपानी योजनामा ७५ प्रतिशत लगानी गरेको हो । अन्य लगानी सम्बन्धित निकायले आफैँ गरेको छ । प्राप्त विवरणअनुसार थाहा नगरपालिका– ७ मा बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ५० लाख, इन्द्रसरोवर गाउँपालिकाका वडा नं ३, ४ र ५ का वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाको मोतीदेवी सभागृहको निर्माणका लागि रु १२ लाख प्रदान गरिएको छ । 

मकवानपुरगढी गाउँपालिकाको बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि रु एक करोड, बकैया गाउँपालिकाको जुरेली बृहत् खानेपानी आयोजनाका लागि रु एक करोड तथा मनहरि गाउँपालिकाका वडा कार्यालय भवन निर्माण गर्न रु एक करोड दिइएको बताइएको छ । हेटौडा उपमहानगरपालिका– ८ को सामुदायिक भवन निर्माणमा रु ६९ लाख, वडा नं १३ को वडा कार्यालय भवन बनाउनका लागि रु १५ लाख, वडा नं १४ को खानेपानी योजनाका लागि रु दुुई करोड चार लाख र वडा नं १२ को वडा कार्यालय भवन निर्माणमा रु ५० लाख दिइएको जिससका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो