९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जहाँ विरामीसंगै एम्बुलेन्स छटपटाईरहेछ…

१३ भाद्र २०७७, शनिबार ०७:३९

डि. पी छत्कुली | नेपालको राजनिति गतिविधीमा बझाङ पहिलो नम्बरमा पर्छ भने धादिङको ज्वालामुखी गाउँपालिकाको चैनपुर धादिङकै  पहिलो नम्बरमा आउँछ । 

जिल्लाका प्रमुख नेताहरु जन्मेका यो भूमीलाई राजनीतिले जति जतिनै चेतनशील बनाएपनि यहाँको विकासको हालत लाजमर्दो छ । राजनीतिक चेत र नेताहरुको मातृभूमिका भए पनि यो गाउँपालिकाको हालत खराब अवस्थामा छ । पालिकाका अन्य वडाका कुरा छोडौं नेताहरु जन्मिएका वडामै कोहि बिरामी परेभने सहज अवस्था छैन । एम्बुलेन्सनै छटपटिने बाटोमा बिरामीको हालत के होला ? 

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा पर्ने यो सडक अहिले ज्वालामुखी गाउँपालीकाकै एक दृष्टिहीनताभएको व्यक्ति जस्तो भएको छ । यहाँ अहिले छट्पटाईरहेका बिरामीहरु स्वास्थ्यचौकी लैजानु पर्यो भने बिरामी लिन आउने एम्बुलेन्स नै बाटोमा छटपटाईरहेको देख्नुपर्ने हुन्छ । 

धादिङका कच्ची सडकहरुमा (क) नम्बरको बाटो हो यो । तर 'क' नम्बरको बाटोकै हालत एस्तो हुँदा 'ख, ग र घ'मा पर्ने बाटोहरुको स्थिति झन कस्तो होला ?

जिल्ला सभापतिदेखि सांसदहरु कयौं पटक यसै ठाउँबाट जितेपनि नत यहाँ एक उच्चस्तरीय शिक्षा दिने विद्यालयनै छ, नत गुणस्तर स्वाथ्यप्रदान गर्ने अस्पताल नै छ ! छन् त केबल नाम चलेका पत्रकार, जिल्लाका बुद्धिजिवीहरुको जमात । करोडौं बजेट आउँछ महिना बित्न पाउँदैनन् पुन: लथालिङ्ग हुने विकास हुन्छ । अर्को कुरा हिउँदे विकास नहुने तर असारे विकास हुने यो पद्धति गाउँदेखि शहरसम्म त विध्यमान छदैछ । यो गाउँपालिकालाई पनि त्यस्तो प्रकारको असारे विकासले अछुतो छाडेको छैन । 

हरेकलाई लाग्न सक्छ कि यो सदरमुकामदेखि कयौं कोश टाढाको बाटो होला ! तर यो जिल्ला सदरमुकामबाट मात्रै १७/१८ किलोमिटर भित्रै पर्ने बाटो हो । यहाँ क्षमता, सिप, योग्यता भन्दा पनि पहुँच हुनेवाला सधैं हावी हुने परम्परा चलिरहेछ ।  यस्को अन्त्य कहिले हुने र ज्वालामुखी गाउँपालिकाले समृद्ध गाउँपालिकाको नामले परिचित हुने ? अन्यथा धेरै नेता जन्मिएका ठाउँमा धेरै भ्रष्ट र अनियमितताका कारिन्दा पनि जन्मिदा रहेछन् भन्ने बुझाई राख्नुपर्ने बाध्यता आईलाग्ने छ । 

तश्विर क्रेडिट: अमिस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो