९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोकिएको छैन धरहरा अग्लिने क्रम, बन्दैछ १४ औं तला (१२ तश्वीर/भिडियो)

१४ भाद्र २०७७, आईतवार ०६:१९

अनिल अधिकारी | भदौ १४, काठमाडौँ | कोरोना संक्रमणको कारण अहिले काठमाडौँमा निषेधाज्ञा जारी गरिएको छ । एकातिर सडक सुनसान झैँ बन्दा इतिहासको धरोहर धरहराभने दिनप्रतिदिन आकाश तर्फ अग्लिईरहेको छ ।  

२०७२ सालमा महाबिनासकारी भूकम्पले एतिहासिक धरोहर धरहरालाई ढालिदिएपछि केहि ढिला गरि धरहरा पुननिर्माण थालिएको थियो तर अहिले धरहराले पुननिर्माणको गति लिएको छ । महामारीका बीच मानिसहरु निषेधाज्ञा पालना गरेर बसिरहेको अवस्थामा धरहरामा भने सय बढी कामदारले खटिएर धरहराको निर्माणलाई निरन्तरता दिईरहेका छन् । अहिले धरहरा बनिरहेको छ । 


भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा २०७२ सालको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटक/पटक ढलेकाले पुरानो संरचनालाई उस्तै तरिकाले बनाउँदा त्यो फेरी अर्को बिपत्तिको चपेटामा पर्न सक्ने हुँदा अहिले बन्ने धरहरा जगदेखिनै मजबुत बनेको छ । पुरानो भत्किएको धरहरालाई इतिहास जीवित राख्न सिसाले छोपिएको छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिएको छ । २२ तलाको बनाउने क्रममा रहेको धरहरा अहिले १४ तलाको बनिसकेकोछ । धरहरा निर्माणमा खटिएका कामदारहरु महामारीको चपेटामा  नपरे हरेक १५ दिनमा १/१ तला थप्दै धरहराको २२ औं तला सम्पन्न हुने बुझिएको छ । 


बन्दै गरेको धरहरामा लिफ्ट र भर्याङ सहितको संरचनामा र त्यससंगै तला थप्ने काम भईरहेको छ । ७२ मिटर अग्लो धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्दैछ । त्यसैको सेरोफेरोमा अन्य संरचना पनि बन्न थालिसकेको छ । 

अहिलेको धरहरा आफैमा मात्र आधुनिक हुँदैन यसको सेरोफेरोमा ४२.३ रोपनी क्षेत्रफलमा थुप्रै संरचना बन्ने क्रममा छन् । अहिलेको धरहराले गोश्वारा हुलाक कार्यालय रहेको जग्गासमेत उपयोग गरेको छ । त्यस्तै टक्सार महाशाखा, कर्मचारी संचयकोशको संरचना समेत उपयोग गरि धरहराको बिशाल सेरोफेरो बनाउदैछ । जसमा धरहरासंगै अत्याधुनिक पार्किङ, रंगिन जल फोहोरा, संग्राहालय, पर्दर्शनी हल, पसल र बगैँचासमेतको संरचना बन्ने क्रममा छ ।


कोरोना महामारीको कारण केहि समय काम प्रभावित भएको अवस्थामा अहिले पनि कोरोनाको प्रभाव त छ नै त्यसमा पनि निकै सावधानीका साथ धरहरा पुन: निर्माणको काम जारी छ । १०० भन्दा बढी कामदारले  अहिले पनि धरहरा बनाईरहेका छन् । 



भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो