२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोकिएको छैन धरहरा अग्लिने क्रम, बन्दैछ १४ औं तला (१२ तश्वीर/भिडियो)

२०७७, १४ भाद्र आईतवार ०६:१९

अनिल अधिकारी | भदौ १४, काठमाडौँ | कोरोना संक्रमणको कारण अहिले काठमाडौँमा निषेधाज्ञा जारी गरिएको छ । एकातिर सडक सुनसान झैँ बन्दा इतिहासको धरोहर धरहराभने दिनप्रतिदिन आकाश तर्फ अग्लिईरहेको छ ।  

२०७२ सालमा महाबिनासकारी भूकम्पले एतिहासिक धरोहर धरहरालाई ढालिदिएपछि केहि ढिला गरि धरहरा पुननिर्माण थालिएको थियो तर अहिले धरहराले पुननिर्माणको गति लिएको छ । महामारीका बीच मानिसहरु निषेधाज्ञा पालना गरेर बसिरहेको अवस्थामा धरहरामा भने सय बढी कामदारले खटिएर धरहराको निर्माणलाई निरन्तरता दिईरहेका छन् । अहिले धरहरा बनिरहेको छ । 


भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा २०७२ सालको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटक/पटक ढलेकाले पुरानो संरचनालाई उस्तै तरिकाले बनाउँदा त्यो फेरी अर्को बिपत्तिको चपेटामा पर्न सक्ने हुँदा अहिले बन्ने धरहरा जगदेखिनै मजबुत बनेको छ । पुरानो भत्किएको धरहरालाई इतिहास जीवित राख्न सिसाले छोपिएको छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिएको छ । २२ तलाको बनाउने क्रममा रहेको धरहरा अहिले १४ तलाको बनिसकेकोछ । धरहरा निर्माणमा खटिएका कामदारहरु महामारीको चपेटामा  नपरे हरेक १५ दिनमा १/१ तला थप्दै धरहराको २२ औं तला सम्पन्न हुने बुझिएको छ । 


बन्दै गरेको धरहरामा लिफ्ट र भर्याङ सहितको संरचनामा र त्यससंगै तला थप्ने काम भईरहेको छ । ७२ मिटर अग्लो धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्दैछ । त्यसैको सेरोफेरोमा अन्य संरचना पनि बन्न थालिसकेको छ । 

अहिलेको धरहरा आफैमा मात्र आधुनिक हुँदैन यसको सेरोफेरोमा ४२.३ रोपनी क्षेत्रफलमा थुप्रै संरचना बन्ने क्रममा छन् । अहिलेको धरहराले गोश्वारा हुलाक कार्यालय रहेको जग्गासमेत उपयोग गरेको छ । त्यस्तै टक्सार महाशाखा, कर्मचारी संचयकोशको संरचना समेत उपयोग गरि धरहराको बिशाल सेरोफेरो बनाउदैछ । जसमा धरहरासंगै अत्याधुनिक पार्किङ, रंगिन जल फोहोरा, संग्राहालय, पर्दर्शनी हल, पसल र बगैँचासमेतको संरचना बन्ने क्रममा छ ।


कोरोना महामारीको कारण केहि समय काम प्रभावित भएको अवस्थामा अहिले पनि कोरोनाको प्रभाव त छ नै त्यसमा पनि निकै सावधानीका साथ धरहरा पुन: निर्माणको काम जारी छ । १०० भन्दा बढी कामदारले  अहिले पनि धरहरा बनाईरहेका छन् । 



भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा