पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब व"/> Sajhasabal पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब व"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गको ४ अर्व फिर्ता

१४ भाद्र २०७७, आईतवार ०६:३६

पर्वत ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ ।सरकारले चालू आवमा सो आयोजनाका लागि रु १२ अर्ब विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत पाँच योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ ।


ती योजनाले सडक र पुलका गरी गत फागुनसम्म १४० ठेक्का सम्झौता गरेकामा बन्दाबन्दीको अवधिमा जम्मा ३४ ठेक्कामा मात्रै काम भएको निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।सरकारले आगामी तीन वर्ष अर्थात् आव २०७९।८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष लक्ष्यभन्दा कम काम हुँदा त्यसले आयोजना समयमै सम्पन्न गर्न कठिन हुनसक्ने प्रमुख केसीले बताए ।

गत आवमा रु १२ अर्ब रहेकामा सरकारले आगामी आवका लागि रु आठ अर्ब बजेट विनियोजन गरेको छ । उनले भने, “हामीले रु १४ अर्ब माग गरेकामा आठ अर्ब विनियोजन भएको हो ।”मध्यपहाडका जिल्लाको जीवनस्तर उकास्नका लागि राष्ट्रिय यातायात नीति, २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो ।

यसको ६ वर्षपछि आव २०६४।६५ बाट निर्माणको काम नै शुरु गरियो । लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३०० बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

सडकको लम्बाइ एक हजार ७०० किमी रहेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा १० वटा नयाँ शहर विकास गर्न लागिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…