२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसीकोटका कृषकलाई निःशुल्क बाली र पशु बीमा

२०७७, १४ भाद्र आईतवार ०७:५२

भदौ १४, रुकुमपश्चिम । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६÷०७७ देखि शुरु भएको निशुल्क बीमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ । 

पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न सङ्घीय सरकाररले बीमाको व्यवस्था गरेको छ । बीमावापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ । मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ । सङ्घीय र  स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन् ।  

सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो । कृषकको आकर्षण राम्रो भएको र  व्यावसायिक रुपमा कृषि पेशामा लाग्न मद्दत पुगेकाले निरन्तरता दिइएको उहाँको भनाइ थियो । 

यस वर्ष नगरपालिकाले पशु र बाली बीमाका लागि रु दुईदुई लाख बजेट विनियोजन गरेको छ । गत वर्ष पनि शुरुमा यति नै बजेट विनियोजन गरिएकामा अपुग भएपछि पशु बीमाका लागि रु तीन लाख ८० हजार थप गरिएको थियो । गत वर्ष दुई हजार २ १४  पशुको बीमा गरिएको थियो । 

छ सय २८  कृषकका  ५०३ भैंसी, १२३ गाईगोरु, २११ भेंडा र एक हजार ३७७ बाख्राको बीमा गरिएको नगर कृषि सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । “गत वर्ष शुरुमा विनियोजन गरिएको दुई लाख बजेट नपुगेर पछि तीन लाख ८० हजार बजेट थप गरिएको थियो, यस वर्ष पशु बीमा र पशु उपचार भनेर दुई लाख बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै गत वर्ष बाली बीमाको सेवा भने ६६  कृषकले लिएका छन् । कृषकले आलु, काउली, टमाटरलगायत तरकारी बालीको बीमा गरेको नगर कृषि शाखा अधिकृत यज्ञबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु दुई लाख बजेट विनियोजन गरिएकामा रु एक लाख चार हजार नौ सय खर्च भएको थियो । बीमा गरेपछि कृषकले आफ्नो कृषि बाली तथा पशुपालनमा क्षति पुगे बीमावापत क्षतिपूर्ति पाउने गरेका छन् । यसले लगानी डुब्ने र सोही कारण कृषि तथा पशुपालनबाट पलायन हुने बाध्यता कम गर्न सहयोग पुगेको कृषक बताउँछन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा