९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने

१४ भाद्र २०७७, आईतवार १०:१०

भदौ १४, काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । 

विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आज भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो । सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न आजको बैठकले एक समिति गठन गरेको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेका छन् । प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । 

समितिले इकमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिनुभयो । डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ०५ देखि बेलुकी ९ बजेसम्म निर्वाधरुपमा सञ्चालन गर्न दिन तथा सेवामा खटिएका कर्मचारीलाई घर र कार्यालय आवातजावतमा गर्न दिन स्थानीय प्रशासनसँग माग गर्नुभयो । 

उहाँले डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी सबैभन्दा सुरक्षित रहेको उनीहरुको तर्कछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो