२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानका ग्रामीण सडक अवरुद्ध

१५ भाद्र २०७७, सोमबार ०८:३७

भदौ १५, झिमरुक । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या  भोग्दै आएका छन् । यहाँ हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन चल्दैनन् । आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् । 

शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो । 

वर्षातका समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । वर्षात्का कारण माटो, ढुङ्गा अत्यधिकमात्रामा खोलामा मिसिन गई तिग्रा, धुवाङ्ग, कैरन बस्तीनै सङकटमा परेपछि स्थानीयवासीको विरोधका कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन । 

सडकमा रहेको ढुङ्गा माटो र पहिराका कारण मोटरसाइकलसमेत आवतआवत गर्नसक्ने अवस्था नरहेको स्थानीय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङले बताउनुभयो । गाउँघरमा कोही बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ भएको उहाँको भनाइ छ । 

सडक डिभिजन कार्यालयका अनुसार करीब १९ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोड बजेट विनियोजन भएको थियो । हालसम्म रु चार करोड बराबरको काम भइसकेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुन खत्रीले जानकारी दिनुभयो । वर्षात्को समयमा चौतर्फी विरोध भएपछि केही समय काम स्थगित गरिएको उहाँको भनाइ छ । 

चेरनेटा–चिन–जाबुने सडकखण्ड एउटा उदाहरण मात्र हो । ऐरावती गाउँपालिकाकै बरौला–नार्सिनेटा–दाङवाङ जोड्ने सड्क पनि अहिले अवरुद्ध छ । यहाँका स्थानीयवासीलाई सडक अवरुद्ध हुँदा आवातजावतमा समस्या परेको छ । अत्यावश्यक काममा जानुपरेमा वा कोही बिरामी भएमा  घुमाउरो सडकमार्फत अस्पताल पुर्याउने गरिएको स्थानीयवासी बताउँछन् । वर्षात्का समयमा जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न कच्ची सडक अवरुद्ध हुन्छन् । थोरै बजेटमा जनताले सडक गाउँमा पुर्याउन खोज्नु, व्यवस्थितरुपमा सडक निर्माण नहुनु तथा सडकमा नाली निर्माण नगरिनुले ग्रामीण सडक अवरुद्ध हुने गरेका बताइएको छ । 

यस्तै झिमरुक गाउँपालिकाभित्रका भित्री शाखाका सडक पनि वर्षात्को समयमा अवरुद्ध छन् ।  गौमुखी गाउँपालिकाका पनि अर्खा, गौमुखी जाने सडक पनि तथा नौवहिनी गाउँपालिकाका बाहाने–स्याउलीबाङ, बाहाने–लिगा, बल्लेखोला–मैरामारे सडकखण्ड पनि अवरुद्ध रहेका छन् । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने