९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज राति नेपाल एयरलाइन्सले पहिलो नियमित उडान भर्दै, यस्तो छ भोलीको उडान तालिका

१६ भाद्र २०७७, मंगलवार १३:५१

भदौ १६, काठमाडौँ | नियमित अन्तराष्ट्रिय उडान बन्द भएको पाँच महिना पछि आज राति १ बजे नेपाल एयरलाइन्सको विमानले पहिलो नियमित उडान भर्ने भएको छ । लामो समय पछिको पहिलो नियमित उडान जापानको नारितामा हुँदैछ । 

निगमको वाइड बडी जहाजले आज राति १:०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । 

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनुरुप नियमित उडान सुरु हुन लागेको हो । 


यसै बीच आज चार्टर्ड उडानबाट कतारबाट दुई उडान र कुवेतबाट एक उडान भएको छ । कतारबाट भएको दुई उडान अन्तर्गत हिमालय एयरलाइन्सबाट १२६ यात्रु स्वदेश आएका छन् भने नेपाल एयरलाइन्सबाट १३८ नेपाल आएका छन् । कुवेतबाट आएकाको विवरण भने अपडेट आएको छैन । 

त्यस्तै आज ७ आन्तरिक उडान भएका छन् । बिमानस्थलले दिएको जानकारी अनुसार आज समित एयर, श्रीएयर, तारा एयर, प्रभु एयर, मनाङ एयर, सिम्रिक एयर र एयर डेस्टेनीका उडान भएका छन् । 

भोली हुने उडान तालिका

राति नेपाल एयरलाइन्सको नारिता उडान हुँदैछ । त्यस्तै भोली हिमालय एयरलाइन्सको उडान चीन जाँदैछ । त्यस्तै भोली दिउसो ३ बजे कतार एयरलाइन्सको उडान नेपाल आउंदैछ । त्यस्तै भोलीनै माल्दिभ्सबाट हिमालय एयरलाइन्सले नेपालीलाई स्वदेश ल्याउनेछ । त्यस्तै भोलीनै चीनबाट हिमालय एयरलाइन्सको उडान काठमाडौँमा अवतरण गर्नेछ ।

तल तालिका हेर्न सक्नुहुनेछ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो