१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजार अनुगमन: ६८ फर्मको जरिवाना रु ४० लाख

१७ भाद्र २०७७, बुधबार ०७:१५

भदौ १७, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो  ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उहाँका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र  १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोवार रोक्का तथा सिलबन्दी गरिएको थियो भने रु १५ हजार ३५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट रु तीन लाख, औषधि पसलबाट रु तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट रु पाँच लाख ८० हजार, गार्मेन्टबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ । यसैगरी डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख ६० हजार,  तरकारी पसलबाट रु १० हजार, निर्माण सामग्रीबाट रु ५० हजार र  पानी उद्योगबाट रु नौ लाख राजश्व संकलन भएको छ ।

पार्टी प्यालेसबाट रु तीन लाख, फलफूल पसलबाट रु ५५ हजार, मार्टबाट रु ७० हजार, मासु पसलबाट रु तीन लाख, मास्क उत्पादनबाट रु एक लाख ५० हजार, औषधि पसलबाट रु ५५ हजार र सर्जिकलबाट रु ५० हजार जरिवाना उठाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन्