२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजार अनुगमन: ६८ फर्मको जरिवाना रु ४० लाख

२०७७, १७ भाद्र बुधबार ०७:१५

भदौ १७, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो  ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उहाँका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र  १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोवार रोक्का तथा सिलबन्दी गरिएको थियो भने रु १५ हजार ३५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट रु तीन लाख, औषधि पसलबाट रु तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट रु पाँच लाख ८० हजार, गार्मेन्टबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ । यसैगरी डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख ६० हजार,  तरकारी पसलबाट रु १० हजार, निर्माण सामग्रीबाट रु ५० हजार र  पानी उद्योगबाट रु नौ लाख राजश्व संकलन भएको छ ।

पार्टी प्यालेसबाट रु तीन लाख, फलफूल पसलबाट रु ५५ हजार, मार्टबाट रु ७० हजार, मासु पसलबाट रु तीन लाख, मास्क उत्पादनबाट रु एक लाख ५० हजार, औषधि पसलबाट रु ५५ हजार र सर्जिकलबाट रु ५० हजार जरिवाना उठाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा