९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष

१८ भाद्र २०७७, बिहीबार ०७:२९

भदौ १८, काठमाडौँ । नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । 

कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो । कोषको सूचनाअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलको रु चार अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

कोषको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एक वर्षदेखि दुई वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागिएको छ । कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । सूचनामा यही भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ ।

बैंक तथा वित्तीय संस्थामा हाल झण्डै रु दुई अर्ब बराबरको तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपको सात प्रतिशतसम्म व्याज दिने गरेका छन् । बोलकबोलको प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाले कर्मचारी सञ्चय कोष जस्ता निकायको रकम मुद्दतीमा लिने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो