२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत

१८ भाद्र २०७७, बिहीबार ०९:२०

भदौ १८, बुटवल । प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 

बैठकले ५८३ जना जनशक्ति र उक्त जनशक्तिका लागि आवश्यक तलबभत्ताका लागि रु तीन करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । यो रकम तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामती सेवाअन्तर्गतका कर्मचारीले पाएसरहको सेवासुविधा पाउनेसमेत व्यवस्था गरिएको छ । 

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानामा सञ्चालित कोरोना उपचार अस्थायी अस्पतालका लागि १८ आइसियु, २० एचडी श्यया, ३६ आइसोलेशन श्यया गरी कूल ७४ रहने र त्यसका लागि १८९ जना जनशक्ति राख्ने व्यवस्थासहित दरबन्दी स्वीकृत गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि सरकारले रु तीन करोड ९६ लाख ३२ हजार २८० निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका लागि रु एक करोड ७५ लाख ११ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ ।

यस्तै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पाँच आइसियु, १३ एचडी श्यया, नौ आइसोलेशन गरी २७ रहने र त्यसका लागि ७१ जना जनशक्ति तथा रु ६४ लाख ४७ हजार ९६० बजेटसमेत स्वीकृत गरी निकासा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले दाङस्थित केन्द्रीय आर्युवेद बेलझुण्डीमा १० आइसियु, १७ एचडी श्यया र ५८ आइसोलेशन श्यया गरी ८५ श्यया रहने र त्यसका लागि १७१ जनशक्ति तथा रु एक करोड ५६ लाख ७२ हजार ३६० बजेट निकासा गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपालगञ्जस्थित भेरी अस्पताल बाँकेमा १० आइसियु, ३० एचडी श्यया र २० आइसोलेशन श्यया गरी ६० रहने र त्यसका लागि १५२ जना जनशक्ति राख्न स्वीकृति प्रदान गर्ने तथा त्यसका लागि रु एक करोड ४० लाख ७२ हजार ६४० निकासा गर्ने निर्णय गरिएको बताइएको छ ।

बैठकले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनीयरिङ सेवाका रिक्त पदमा खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । यसअन्तर्गत स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजिष्ट सात जना गरी ७२ जना, इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक विल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इञ्जिनीयर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् ।

यस्तै बैठकले प्रदेश नं ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरणसम्बन्धी कानूनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नेलगायत निर्णय गरेको प्रेस सल्लाहाकार केसीले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ । 

बैठकले दाङमा प्रस्तावित नेत्रलाल अभागी रङ्गशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत कार्यान्वयन गर्न स्वीकृति पनि प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य