९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना बीमा दावी भुक्त्तानीमा नयाँ मापदण्ड तोकियो, कोरोना पोजेटिभ आएपनि दावी भुक्तानी नपाइने

१९ भाद्र २०७७, शुक्रबार ०९:५२

भदौ १९, काडमाडौं । कोरोना बीमा गरेकाहरुको निजी ल्याबमा परिक्षण गरेर कोरोना पोजेटिभ आएमा कोरोना बीमा वापतको दावी भुक्तानी नपाउने भएका छन् ।

बीमा समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिको यो निर्देशनसंगै अबदेखि स्वास्थ्य मन्त्रालय अन्तरर्गत बाहेकका ल्यावमा गरिएको परीक्षण रिपोर्टले दावी भुक्त्तानीमा मान्यता नपाउने भएका छन् ।


बीमा समितिले २०७७ बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमा शुरु गरेको थियो सो बेलामा  सर्वसाधारणलाई कोरोना बीमा पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाउने बताएको थियो । तर अहिले सरकारले नै अनुमति दिएका ल्यावमा कोरोना परीक्षण गरि पोजेजिभ रिपोर्ट आएमा पनि कोरोना बीमा वापतको दावी भुक्तानी नपाउने अवस्था आएको छ ।

कोरोना बीमा सुरु गरिएको तीन महिनापछि गत साउनमा  जारी गरिएको कोरोना बीमा मापदण्डमा नीजि सहित राजधानी ठूला अस्पतालको रिपोर्ट अमान्य हुने बुँदा समावेश गरिएको खुलेको हो ।बीमा समितिले भदौ १८ गते (हिजो) अर्को निर्देशन जारी गर्दै कोरोना बीमा मापदण्ड अनुसार स्वास्थ्य मन्त्रालयका निकाय अन्तर्गतका पिसिआर रिपोर्ट मात्रैलाई मान्यता दिन बीमक कम्पनीहरुलाई सर्कुलार जारी गरेको छ । कोरोना बीमा मापदण्डलाई थप स्पष्ट पार्दै हिजो जारी गरिएको निर्देशनमा भनिएको छ, ‘कोरोना बीमा दावी प्रयोजनको लागि समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड, २०७७ को परिच्छेद ३ को दफा १ज्ञ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परिक्षण गर्दा कोरोना भाइरस कोभिड–१९ रोग संक्रमण भएको देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नुहुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ ।’

तर समितिका अध्यक्ष चिरन्जीवी चापागाईं अहिले आएर दावी भुक्तानीको मापदण्ड परिवर्तन नगरिएको बताउँछन् । हिजो हामीले थप स्फस्ट मात्र गरेका हौँ, हामीले बैशाख ७ मै बीमा पोलिसी शुरु गर्दा नै स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने भनेका थियौं अध्यक्ष चापागाईले साझा सबालसंग भने "बीमा लेखमा नै शुरु देखि लेख्दै आएका छौं तर अहिले आएर बीमा कम्पनीको कमजोरीको कारणले समस्या आयो र हामीले परिपत्र गरेका मात्र हौँ पहिले नै थियो ।"  बीमकले समितिले तोकेको मापदण्ड अनुसार काम नगरेको कारण र नगर्ने आशंका जन्माए, त्यो क्लिएर गरेका हौँ, अध्यक्ष चापागाईले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो