९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

२३ भाद्र २०७७, मंगलवार ०४:५५

भदौ २३, कास्की । पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ । पहिलोपटक अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा शुरु भएपछि सोमबार अस्पताल निरीक्षण तथा शल्यक्रियामार्फत सुत्केरी हुनुभएकी रीता श्रेष्ठलाई पोषण सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालको स्तरोन्नति गरिने योजना रहेको बताउनुभएको हो ।

साविक लेखनाथ नगरपालिकाको जमिनमा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै अस्पतालको स्तरोन्नति गरिने उहाँले स्पष्ट पार्नुभयो । गत शनिबार अस्पतालमा बाराको कोहल्बी नगरपालिका–८ नयाँबस्तीका १८ वर्षीया श्रेष्ठको शल्यक्रिया गरी प्रसूति गराइएको थियो ।

अस्पतालले न्यून जनशक्तिका बीच शल्यक्रियामार्फत प्रसूति सेवा शुरु गरेकाले थप जनशक्तिका लागि महानगरले सहयोग गर्नुपर्ने अस्पतालले जनाएको छ । मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको सुविधा थप गर्न माग गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतिभा कोइरालाले सबैको सहयोगबाट अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराउन सकिएको भन्दै न्यून स्रोत र साधन चुनौतीका रूपमा रहेको बताउनुभयो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अस्पतालमा प्रसूति सेवा शुरु भएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । आपतकालीन अवस्थामा ४५ मिनेट लगाएर पोखरा आउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै उहाँले सुुरक्षित प्रसूति सेवा शिशुवामै पाइन्छ भन्ने विश्वास नागरिकलाई दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले विशेषज्ञ चिकित्सक सेवासहित विभिन्न परीक्षण, ल्याबलगायतका सेवा र सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा नारायण ओझाले अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिकासहित कास्कीको पूर्वीभेगसँग सीमा जोडिएका लमजुङका बासिन्दासमेत लाभान्वित हुने गरेको जानकारी दिनुभयो । रासस 



 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो