२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद

२०७७, २५ भाद्र बिहीबार ०८:२६

भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तीव्र रुपमा बढाएको हो । 


पछिल्लो एक महिनामा ईलाका प्रहरी कार्यालय बावियाचौरको टोलीले नौसय क्यूविक काठसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार मात्रै प्रहरीले पञ्चपुरी नगरपालिका–५ मुरमुरेस्थित काल ढुंगा सामुदायिक वनबाट अबैध सालको चिरान काठ र चिर्ने तयारीमा राखिएको काठ प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । विशेष सुराकीको आधारमा बावियाचौरबाट खटिएको प्रहरी टोलीले काठ र औजार बरामद गरेको हो ।

बरामद गरिएको काठ र औजार पञ्चपुरी–सब डिभिजन वन कार्यालय बावियाचौर सुर्खेतका वन रक्षक टेकनारायण श्रेष्ठलाई बुझाएको प्रहरी कार्यालयले जनाएको छ । यस्तै, बावियाचौर प्रहरीले पञ्चपुरी नगरपालिका–३ तोक्मामा अवैध सालको काठ काटिरहेको अवस्थाका तोक्माका ५२ वर्षीय नरबहादुर शाहीसहित काठ बरमद गरेको छ ।


उनको साथबाट काठ चिर्न प्रयोग गरिने आरा एकथान  र बन्चारो तीन थान बरामद गरिएको प्रहरीले बताएको छ । काठसहित पक्राउ परेका शाहीलाई सब डिविजन वन कार्यालय बड्डीचौरका रेन्जर सन्तबहादुर थापालाई बुझाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सामुदायीका वनका पदाधिकारीहरुले वनको निगरानी नगर्दा काठ तस्करहरु सलवलाएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय वावियाचौर बाट खटिएको प्रहरी टोलीले मध्यराती वनमा गएर काठ बरामद गरि  पन्चपुरी सवडिभिजन बन कार्यालयका कर्मचारी टेकनारायण श्रेष्ठलाई  बुझाएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा