२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै

२०७७, २६ भाद्र शुक्रबार ०८:१९

भदौ २६, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । 

रोहिणी नदी नजिक झण्डै १९ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी नगरपालिकाले काम अघि बढाएको छ । औद्योगिक ग्रामको डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । 

पहिलो चरणको निर्माण कार्यको लागि रु दुई करोड ५२ लाख बजेटमध्ये रु एक करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डिपिआर अनुसार रोहिणी नदी ड्राइभर्सनको कामसमेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन रु ५२ करोड लागत अनुमान गरिएको छ । 

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताउनुभयो । उप–प्रमुख जगेश्वरदेवी चौधरीले औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । वडाध्यक्ष व्यासमुन थारुले सार्वजनिक जमिन संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयवासीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घीय सरकारले ल्याएको ‘एक पालिका: एक औद्योगिक ग्राम’ को नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो । रुपन्देहीको सन्दर्भमा जग्गाको मूल्य अध्यधिक हुँदा उद्योग गर्न चाहनेहरूलाई जग्गा खरिद गरेर उद्योग स्थापना गर्न कठिन छ । बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ छैन । प्रादेशिकस्तरको मोतिपुर औद्योगिक क्षेत्र स्थापना गर्ने भनिए पनि त्यसले गति लिन सकेको छैन ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रसारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्थालगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनु पर्छ । तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा