२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माउण्टेन इनर्जीको आईपीओ भदौ ३१ गतेदेखि विक्रीमा

२०७७, २९ भाद्र सोमबार ०७:०१

भदौ २९, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ भदौ ३१ गतेदेखि विक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र अति प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गर्न लागेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू.१९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । यो आईपीओमा छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरि कुल  रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो