९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने

२९ भाद्र २०७७, सोमबार ०९:१८

भदौ २९, सिन्धुली । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । 

यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्ने छन् । सो ऋण सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गर्नुभयो । 

दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नु परेको युवालाई लक्षित गरी सरल व्यवसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेकोे व्यवसायबारे आवेदन माग गर्ने र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताउनुभयो । 

नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाकोे सिफारिसका आधारमा बैङ्कले ऋणीलाई रु पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो