२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्रयाक खुलेको २५ वर्षपछि सडक कालोपत्र हुँदै

२०७७, ३० भाद्र मंगलवार ०९:०६

भदौ ३०, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित लालध्वज मार्ग ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र हुँदैछ । 

विसं २०५२ सालमा ट्रयाक खोलिएको उक्त मार्गमा कालोपत्रको काम अगाडी बढाइएको हो । सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको प्रदेश सभा सदस्य आशा कोइरालाले जानकारी दिनुभयो । वर्षामा हिलो र हिउँदमा धुलाम्य हुने उक्त सडक कालोपत्रका लागि अन्तिम तयारी भएको उहाँको भनाइ छ । 

शुक्लागण्डकी नगरपालिका–१ गुबे खोलादेखि एक हजार तीन सय मिटर सडक कालोपत्र गर्न लागिएको हो । उहाँका अनुसार साढे ५ मिटर चौडाइमा सडक कालोपत्र हुनेछ । उक्त सडकलाई गण्डकी प्रदेश सरकारले रणनीतिक महत्वको योजनामा समावेश गरेको छ । थप्रेकवासीको समृद्धिका आधार भएकाले प्रदेश सरकारले यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा राखिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उहाँले भन्नुभयो, “वडा केन्द्रलाई नगरको केन्द्रसम्म जोड्ने यो सडक कालोपत्र भएपछि थप्रेकबाट बसाई सर्ने क्रम रोकिन्छ,” 

लालध्वज मार्गका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले सडकको कटिङ, पक्की नाला निर्माणसँगै स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि रु डेढ करोड विनियोजन गरिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उक्त सडक कालोपत्रका लागि मिर नेपाल कन्स्ट्रक्सनले रु ९९ लाख ९२ हजार २ सय ४६ मा ठेक्का पाएको छ । गत वर्षको बजेट भएपनि आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्न प्रदेश सरकारले म्याद थप गरेको छ ।

विगतका दुई आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले रु एक करोड ४० लाख सडक स्तरोन्नतिमा खर्च गरेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो । पृथ्वीराजमार्गको कोत्रेदेखि थप्रेकसम्म १८ किलोमिटर दूरी रहेको सो सडकको ट्रयाक २०५२ सालमा खोलिएको हो । 

ग्रामीण भेगमा बिजुली विस्तार

तनहुँको घिरिङ गाउँपालिका–२ को ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार गरिएको छ । हालसम्म विद्युत् सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बिजुली विस्तार भएको हो ।

हालसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका स्थानीयवासी घरमै बत्ती आएपछि खुशी भएका छन् । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले काठेकोटका ४२ घरमा बत्ती बालिएको जानकारी दिनुभयो । “घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “टुकी र मैनबत्तीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएसँगै स्थानीयवासी हर्षित छन् ।”

केही समय अगाडी मात्रै सोही वडास्थित माहोरकोटको ५९ घरमा विद्युत् सुविधा विस्तार गरिएको थियो । घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विद्युतीकरणको अभियानलाई तीव्र पारिएको जानकारी दिनुभयो । विद्युतीकरण उपभोक्ता समितिले घिरिङ गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारको करीब एक हजार घरधुरीमा विद्युतीकरणका लागि तीव्र रुपमा काम अगाडी बढाएको जनाएको छ ।

विद्युतीकरण अभियान अन्तर्गत कतै पोल गाडिएको र कतै तार विस्तारको काम भइरहेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घिरिङ गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । घिरिङ गाउँपालिका–१ अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार चार सयभन्दा बढी घरमा बत्ती बालिसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ कारण रु १५ लाख मात्र विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “यदि विद्युतीकरणका लागि पैसा अपुग भयो भने भैपरी खर्चबाट भएपनि मिलाउँछौ ।” गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिवद्धता लगभग सकिने क्रममा रहेको उहाँको भनाइ छ । 

विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्याएको उहाँले बताउनुभयो । “बत्ती बल्न बाँकी रहेका घरधुरीमा पनि असोज कात्तिकभित्रै बत्ती बल्ने छ”, उहाँले भन्नुभयो, “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, पोलहरु गाड्ने र तार तान्नेलगायत कामहरु चलिरहेको छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो