१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मन्त्री भट्ट आफै ग्राहक बनेपछि…

३१ भाद्र २०७७, बुधबार १४:०५

भदौ ३१, काठमाडौँ | उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । 

अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि  उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”, उहाँले भन्नुभयो, “ ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।” बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिनु भएको उहाँका स्वकीय सचिव ओझाले बताउनुभयो । 

उहाँका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन फिफा वरियतामा नेपालको एक स्थान सुधार बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर यू १९–एसिया कप: नेपाललाई पहिलो सफलता, हेमन्तले लिए विकेट आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो