९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राखः राष्ट्र बैंक

३१ भाद्र २०७७, बुधबार १४:१५

भदौ ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो । आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ । सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको  समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ । 

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा आज कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.८३ ले वृद्धि भई ३०५.४८ मा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर रु एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० मूल्यमा खरीद बिक्री भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर कारोबार ओरालो लागेको छ भने अन्य सबै उपसमूह भने उकालो लागेको छ । बैंकिङ ४.५८ ले ओरालो लाग्दा व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९, वित्त १.१३, निर्जीवन बीमा ४२.३७, उत्पादन २.८२, अन्य १.४८, लघुवित्त ४.८७, जीवन बीमा ७२.१४ र सामूहिक लगानी कोष ०.०६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ६१ लाख ९६ हजार २४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तैै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ४६ लाख ७७ हजार १४२, नागरिक लगानी कोष रु पाँच करोड ६२ लाख ८७ हजार ९५०, सूर्या लाइफ इन्स्योरेन्स रु पाँच करोड ५३ लाख ४१ हजार ९३७, सानिमा माई हाइड्रो पावर रु पाँच करोड ३८ लाख ९१ जार २३७ र नेको इन्स्योरेन्सक म्पनीको रु पाँच करोड एक लाख ९७ हजार ४७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै सिनर्जी पावर लिमिटेड, घलेम्दी हाइड्रो, बरुण हाइड्रोका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाउँदा एनआरएन लघुवित्त ९.९६, रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९ र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । यसैगरी एनआइसी एशिया व्यालेन्स फण्ड ३.८७, लक्ष्मी इक्विटी फण्ड ३.७१, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता २.९३ र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो