२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश–२ मा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

२ आश्विन २०७७, शुक्रबार ०२:५७

असोज २, महोत्तरी | सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो । 

सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गर्नुभएको हो । 

नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ । गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको नवस्थापित नम्बर ३९ रिजर्भ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यस गणमा ६२१ जनशक्ति रहने व्यवस्था छ । 

सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनको काम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेअनुरुप नयाँ गण स्थापना भई सञ्चालनमा आएको हो । यो नवस्थापित गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी गर्ने जिम्मेवारी पाएको छ ।

अहिले प्रदेश–२ का दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा रिर्जभ गणको स्थापना गरिएको छ । बर्दिवासका साथै अर्को बाराको पिलुवामा यस्तै गण स्थापना गरिएको बाहिनीपति ब्रम्हचार्यले बताउनुभयो । दुवै गण प्रदेशका आठ वटै जिल्लामा आवश्यकतानुसार परिचालित हुनेछन् । सामान्य रेखदेखको कुरामा पर्सा, बारा, रौतहट र सर्लाही जिल्ला पिलुवाले र महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बर्दिवासले सम्बन्धित जिल्लास्थित गणको समन्वयमा काम गर्ने गरी बाहिनीले निर्देशन गरेको छ ।

सशस्त्र प्रहरीले प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीमा सीमा सुरक्षा प्रबन्ध बढाउन यस अघि नै ७३ नयाँ सीमा सुरक्षापोष्ट थप्ने गृहकार्य थालिसकेको छ । यसक्रममा १२ वटा पहिलो चरणमा स्थापना भएर धमाधम सञ्चालन गरिने क्रममा छन् । त्यसैगरी दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ गरी प्रदेशभरि जम्मा १२३ सीमा सुरक्षापोष्ट पुर्याइने बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पार्नुभयो । 

पहिलो चरणमा परेका केही स्थानमा नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । यसअघि प्रदेशका आठ वटै जिल्लामा गरी ५० वटा सशस्त्र प्रहरी सीमा सुरक्षापोष्ट सञ्चालनमा थिए । सशस्त्र प्रहरी बलले रिर्जभ गण सञ्चालन गरेर सीमा सुरक्षापोष्ट र थप जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आउने सीमाक्षेत्रका सर्वसाधारणले आस सँगालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ