९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसहर बस्ती हस्तान्तरण हुँदै

२ आश्विन २०७७, शुक्रबार ०५:२८

असोज २, वाग्मती । सरकारले आवासविहीन मुसहरसहितका दलित समुदायका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको ३५५ घर आज हस्तान्तरण गर्ने भएको छ । लाभग्राहीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरेका घरहरु आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुसहरहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । 

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अतिसीमान्तकृत मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेको हो  । बस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा रु दुई करोड बजेट विनियोजन गरेको थियो । निर्माण गरेका ३५५ घर संविधान दिवसका अवसरमा वितरण गर्न लागिएको हो । 

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत मुसहरसहित अतिसीमान्तकृत माझी तथा चेपाङ समुदायका लागि समेत एकीकृत बस्ती निर्माण गरेको मन्त्री फुयाँलले बताउनुभयोे  । सिन्धुलीबाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि रु दुई करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि रु एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि रु ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि रु ४० लाख र धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो