९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

३ आश्विन २०७७, शनिबार ०४:०४

असोज ३, स्यांग्जा | बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ ।

नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु चार करोड २१ लाख राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“ बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक/नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ” नगरप्रमुख खाँणले भन्नुभयो । नगरपालिकाले आव २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु. ८९ लाख ५९ हजार १५५ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु एक करोड २० लाख राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो । नगरपालिकाले सिफारिस दस्तुरबाट रु ५३ लाख ५८ हजार ७९५, एकीकृत सम्पत्ति करबाट रु ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट रु ३२ लाख ४९ हजार ६४५, घरबहाल करबाट रु ३० लाख ६६ हजार ४५३, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाइ) बाट रु १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजश्व बाँडफाँड भई प्राप्त भएको रु १८ लाख ५३ हजार ८२० सङकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

नगरपालिकाले आव २०७५/७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु. एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट रु ६२ लाख ७९ हजार ३४७, एकिकृत सम्पत्ति करबाट रु ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु ४३ लाख ५६ हजार घर बहालबाट रु ३४ लाख ९२ हजार २३४ र अन्य दस्तुरबाट रु ३० लाख २२ हजार राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो