२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

२०७७, ५ आश्विन सोमबार ०५:४९

असोज ५, सोलुखुम्बु । सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशँै अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो । 

आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिनुभयो । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका­६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ती जनाउनु भएको थियो ।  

आयोजनाको काम गत फागुनमा शुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रति मेगावाट रु.१५ करोड लागत अनुमान गरिएको सो आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत बैंकको ऋण सहायता रहने बताइएको छ ।

नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रो पावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ । उक्त आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा