९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्केकाहरु स्वदेशमै रोजगारी गर्न थाले

५ आश्विन २०७७, सोमबार १०:३४

असोज ५, नारायणपुर | कोरोनाको सङ्क्रमणबाट जोगिन भारत लगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् । 

गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो । 

लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ विहान के खाने भन्ने चिन्ता हुन लाग्यो, आफूले गर्न सक्ने श्रमको काम गरेको छु” अनिलले भन्नुभयो । कोरोनाको डरले भएपनि घरमा परिवासंग बसेर काम गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । 

देउखुरीकै सूर्यनारायण चौधरीले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । कतारको सुपरमार्केटमा काम गर्ने चौधरी नेपाल सरकारले गरेको उद्दार उडानमार्फत नेपाल आउनुभएको हो । चौधरीले अहिले १० वटा बाख्रा किनेर व्यवसाय शुरु गरेको बताउनुभयो । छ वर्ष विदेश बसे पनि घरमै बसेर व्यवसाय गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । 

विदेशबाट घर फर्किएका जिल्लाका अन्य युवाहरुले पनि तरकारी खेती, पशुपालन, कुखुरापालन माछापालन, माहुरीपालन, व्यापार तथा ससना घरेलु उद्योग शुरु गरेको पाइएको छ । गाउँघरमै रहेर काम गर्नका लागि घरपरिवारको सहयोग र समूहबाट रकमको जोहो गरेर व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ । 

विदेशबाट फर्केर व्यवसाय गरेका १३० जनालाई राप्ती गाउँपालिकाले व्यवस्थापन तथा प्रोत्साहनबापत अनुदान दिएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारिसमा कोभिडबाट प्रभावित भई वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएर कृषिसँग सम्बन्धित व्यवसाय गरेका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो