९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने

५ आश्विन २०७७, सोमबार १०:४१

असोज ५, स्याङ्जा । गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ ।  विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित  अन्तक्र्रिया  कार्यक्रममा नगरप्रमुख भूपराज अधिकारीले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउन लागेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आफ्नो भूगोल र माटो सुहाउँदो काम नगरेसम्म आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन्, त्यसैले यहाँको भौगोलिक अवस्था अनुसार जडीबुटी र कृषिमा विशेष ध्यान दिएर काम गरिरहेको छु ।” “जडीबुटीको पकेट क्षेत्र निर्माण गर्दै सामुदायिक वनमासमेत जडीबुटी खेतीको विस्तार गर्छौ, यसले धेरैलाई रोजगारी लिनुका साथै त्यतिकै खेर गएका वनपाखोको जग्गासमेत सदुपयोग हुने र आयआर्जनमासमेत टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । 

आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जा प्रमुख चिकित्सक सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगसँग जुँधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्नेमा जोड दिनुभयो । 

डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले वनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउँदै वन जङ्गल र हावापानीलाई स्वस्थ्य राख्नु सबैको साझा दायित्व हो भन्नुभयो ।  

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेटक्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने उल्लेख गर्दै वास्तविक किसानले मात्र अनुदान पाउने परिपाटीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।  

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जडीबुटी खेती, पशुपालन र कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी)मार्फत वृहत पञ्चवर्षीय योजना बनाउने काम भइरहेको छ भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो