२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमा विद्युत् पुगेपछि वाप्लुखाका उपभोक्ताले मनाए खुशीयाली

२०७७, ६ आश्विन मंगलवार ०४:०९

असोज ६, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । 

देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत् विस्तार गरेको छ । चार सय २५ घरधुरी भएको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताउनुभयो ।

आफ्नो गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि वाप्लुखाका स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित खुशीयाली मनाएका छन् । लामो समयसम्म अन्धकारमा बस्दै आएका उनीहरुले आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर भोजभतेरसहित खुशीयाली मनाएका हुन् । 

वाप्लुखामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदीपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो । किराँत राई समुदायको सांस्कृतिक झाँकी साकेला सिलीसहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुखले समेत स्थानीय उपभोक्तासँगै खुशीयाली मनाएका छन् । 

गाउँपालिकाले हाल केन्द्रीय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । नौ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १ लिकुवापोखरीलाई मात्र विद्युत्ले छुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । छमेकी जिल्ला भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सिमासम्म मेनलाइन विद्युत् विस्तार भइसकेको जनाइएको छ । वडा नं ३ सावाकटहरेमा पनि मेनलाइनमा विद्युत् बलिसकेको गाउँपालिकाले जनाएको छ । 

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् विस्तारको कामलाई पूरा गर्नेगरी चालू आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “हामी निर्वाचित भएको बेला खोटाङबजार, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युत्को मेनलाइन मात्र विस्तार भएको अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत् पुगिसकेको छ । बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्रता दिएका छौँ ।”

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म वडा नं ४ बड्कादियाले, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ७ खोटाङबजार, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ । दश स्थानीय तह रहेको जिल्लामा हाल १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन् ।

बुइपा सबस्टेशनमार्फत वितरण गरिने केन्द्रीय प्रसारण लाइनको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लामा खपत हुने गरेको छ । ठेकेदार कम्पनीले ११ केभी प्रसारण लाइनको विद्युत्पोल तथा तारमा ३३ केभी क्षमता थपेपछि दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा