९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हात्तीको समूहबाट क्षति

६ आश्विन २०७७, मंगलवार ०४:२०

असोज ६, सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतङ्कित बनेका हुन् ।

गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ । स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको हिलट्याङ्कमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताउनुभयो । सोमबार पनि नौवटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरुले बताए । बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्याउँदासमेत हात्ती नियन्त्रण हुनसकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो