२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हात्तीको समूहबाट क्षति

२०७७, ६ आश्विन मंगलवार ०४:२०

असोज ६, सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतङ्कित बनेका हुन् ।

गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ । स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको हिलट्याङ्कमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताउनुभयो । सोमबार पनि नौवटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरुले बताए । बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्याउँदासमेत हात्ती नियन्त्रण हुनसकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो