१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढानीलकण्ठ नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण, मेयरले बुझे दुई प्रतिवेदन

६ आश्विन २०७७, मंगलवार ०४:४२

असोज ६, काठमाडौँ | काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिकाको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । नगरपालिकाका बिभिन्न स्थानका सरकारी जग्गा अतिक्रमण भएको सन्दर्भमा प्रतिवेदन सहित भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले बूढानीलकण्ठ नागरपालिकाका मेयर समक्ष निवेदन दिएको छ । 

अभियानको टोलीले सार्वजनिक जग्गा बचाउने अभियान अन्तर्गत बिभिन्न दुई स्थानको २० रोपनी भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन सहित नगरपालिका समक्ष सोमबार निवेदन दर्ता गराएको छ । अभियानको टोलीले बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेललाई भेटि अतिक्रमित भुमि फिर्ता तथा संरक्षणको लागि समेत ध्यानाकर्षण गराएको छ । 


अभियानको प्रतिवेदन अनुसार सार्वजनिक खोला, बाटो, जमिन अतिक्रमण गरि व्यक्तिगत प्रयोजनमा ल्याई सिङ्गो समाजलाई समेत बाधा पुर्याएर भोगचलन गरि आएको २० रोपनी जग्गाको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

अभियानको प्रतिवेदन अनुसार अतिक्रमित भुमिमा बूढानीलकण्ठ नगरपालिकाको साविक विष्णु ३ र ४ सिमानामा पर्ने विष्णु ४ पश्चिम तर्फका कित्ता नम्बर २८३ को जग्गा सरकारको नाममा दर्ता रहे पनि कानुन बिपरित बिभिन्न व्यक्तिले हडपेको उल्लेख छ । 

त्यस्तै अर्को प्रतिवेदन अनुसार बुढानीलकण्ठ नगरपालिकाको साविक विष्णु-२ मा कित्ता नम्बर १६, १९८, १००१०, २१९ र १९६लगायत सरकारी भुमि अतिक्रमण भएको छ । 

अभियानले अतिक्रमित भुमि व्यक्तिबाट फिर्ता गराई संरक्षण गर्न गराउन स्थानीय सरकार ऐन २०७४ को परिच्छेद ३ को धारा ११ (६) (२) तथा सोहि ऐनको परिच्छेद १३ धारा ९७ (ग) बमोजिम सार्वजनिक सम्पति अतिक्रमण गर्ने सम्पूर्ण व्यक्तिहरुलाई प्रचलित कानुन अनुसार आवश्यक अनुसन्धान गरि हदैसम्मको कारवाही गर्न अनुरोध गरेको छ । 

अभियानका अध्यक्ष सुदर्शन पौडेल सहित टिमले अध्ययन गरि तयार भएको सार्वजनिक जग्गा मिचेको तथा अपचलन गरेको प्रमाण सहितको प्रतिवेदन नगरपालिकामा पेश गरेपछि नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले नगरपालिका प्रशासन समक्ष अमिनले फिल्ड परीक्षण गरि प्रतिवेदन पेश गर्न  तोक लगाएका छन् । 


नगरपालिकामा मेयर खरेलले सार्वजनिक जग्गा हडपेको बिषयमा प्राप्त प्रतिवेदन सहितको निवेदनको अध्ययन गरि यथासक्य कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खरेलले एक महिनाभीत्र टिम खडा गरि सार्वजनिक जग्गा अतिक्रमणको बिरुद्ध अभियान अघि बढाउने बताए । उनले नगरपालिका भीत्रका हरेक वडाले सार्वजनिक जग्गा अतिक्रमणको सन्दर्भमा मासिक २/२ वटा काम गर्ने योजना रहेको बताएका छन् । 

यस्तो छ, भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले बूढानीलकण्ठ नागरपालिकाका मेयर समक्ष दिएको प्रतिवेदन सहितको दुई निवेदनहरु:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै