२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी

९ आश्विन २०७७, शुक्रबार ०४:५६

असोज ९, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा श्रेष्ठले भन्नुभयो ।

डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ । जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ । त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ । जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् । युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य