९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा झिनो गिरावट, एक अर्ब ६९ करोड बढीको कारोवार

१२ आश्विन २०७७, सोमबार १२:१७

असोज १२, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । 

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो । 

यस्तै नेपाल पुनर्बीमा कम्पनी रु छ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु पाँच करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक रु पाँच करोड २७ लाख आठ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ९९ लाख चार हजार ४५९ र कुमारी बैंक रु चार करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.६३, सेन्ट्रल फाइनान्स कम्पनी ८.११, रिलायन्स फाइनान्स लिमिटेड ७.६४, सपोर्ट लघुवित्त ५.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४.३१ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी ५.१७, गुर्खाज फाइनान्स ४.८३, दिव्यश्वरी हाइड्रो पावर ४.३५, आँखु खोला जलविद्युत् कम्पनी ३.८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो