९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

१३ आश्विन २०७७, मंगलवार ०७:०८

असोज १३, सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । 

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो । 

यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो । नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिनुभयो । 

यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पुर्याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्याइने छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ । 

“भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा छ”, जनसम्पर्क अधिकृत खनालले भन्नुभयो, “यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ ।”

आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उहाँको विश्वास छ । त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरु गरिने उहाँको भनाइ छ । 

यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम शुरु हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब रु १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो