२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने (सूचनासहित)

२०७७, १४ आश्विन बुधबार ०६:२२

असोज १४, काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ ।

यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । यसअघि मंगलबार ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ ।

 २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिङ एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको बेभसाइटमा हेर्नु हुन समेत अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा