४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धान छाडेर कागतीतिर

१४ आश्विन २०७७, बुधबार ०९:२३

असोज १४, कावासोती । धान खेतीभन्दा  राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने  तिनको भनाइ छ । 

गत वर्षसम्मको धानखेतमा अहिले आफूले कागती लगाएको मध्यविन्दु नगरपालिका –१५, भिउरानकी सीता भट्टराईले बताउनुभयो । ‘धानखेती गर्दा लाग्ने समय र मेहनतभन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि अहिले १२ कठ्ठा जग्गामा कागती खेती शुरु गरेको छु’ , भट्टराईले भन्नुभयो । 

कागती खेती शुरु गर्दा  शुरुमा उहाँले रु एक लाख ५०  हजार लगानी गर्नुभयो ।  समयसमयमा गोडमेल र मल हालेपछि कागती खेतीमा खासै मेहनत  गर्न नपर्ने र एक पटक लगानी गरेपछि पटकपटक धेरै लगानी  गर्न नपर्ने हुँदा आम्दानी धेरै हुने उहाँले बताउनुभयो ।  

कागती उत्पादनपछि बजारको अहिलेसम्म कुनै समस्या नभएको मध्यविन्दुका दुर्गा पाण्डेले बताउनुभयो । ‘बजारको पनि अहिलेसम्म कुनै समस्या भएको छैन, व्यापारी बगैंचामा आएरै लान्छन्’, पाण्डेले भन्नुभयो, ‘स्थानीय बजारमा समेत बिक्री हुन्छ ।’  नवलपुरको कावासोती, नारायणगढ, बुटवल, पोखरा,काठमाडौँ लगायत शहरमा उत्पादन भएका कागती निर्यात हुने गरेको पाण्डेले बताउनुभयो ।  

मध्यविन्दु नगरपालिकासँगै नवलपुरका अन्य स्थानीय तहमा समेत अहिले किसान कागती खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगानी गरेपछि कम मेहनतमा व्यवस्थापन राम्रो गर्ने हो भने २० देखि ३० वर्षसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित हुन थालेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । 

जिल्लामा सुन्तला जात फलफूल जोन कार्यक्रमसमेत सञ्चालनमा छ । सो कार्यक्रमबाट मात्रै यस वर्ष १५ हजार कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । गत वर्ष  पनि यही सङ्ख्याका हाराहारीमा कागतीको बिरुवा वितरण गरिएको प्रमुख शर्माले बताउनुभयो । सो कार्यक्रममार्फत यहाँ बुलिङ्टार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट र  मध्यविन्दुमा जोन कार्यक्रम सञ्चालित  छ । यहाँ तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करीब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती हुने गरेको प्रमुख शर्माले बताउनुभयो ।  एक बोटबाट मात्रै एक याममा रु पाँच हजारसम्म आम्दानी लिन सकिने जनाइएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ