१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्सले भन्यो: नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

१५ आश्विन २०७७, बिहीबार ०४:५८

असोज १५, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो ।

निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्ठडन गरेको छ । केहीदिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ ।

निगमले कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

जुलाई(साउन) महिनाको तथ्याङ्कअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन् । त्यही समयमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन् । निगमले जारी गरेको विज्ञप्तीमा २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवम् पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात जना विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम सङ्ख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको बताइएको छ ।

योसँगै हाल करार सेवामा रहेका विदेशी पाइलटलाई उनीहरुको सेवा सुविधा तथा पारिश्रमिकमा ६६ प्रतिशतसम्म कटौती गरी करार नवीकरणको अवधिसमेत छोट्याइएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पछिल्लो पटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।

एयरवस ३३० को एक विदेशी पाइलटको करार भङ्ग तथा अर्का एक  पाइलटलाई पूर्ण वेतलबी विदामा राखिएको निगमले जनाएको छ । बन्दाबन्दी शुरु भए लगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिकरुपमा भइरहेको सेवा सुविधा तथा पारिश्रमिक कटौती एवम् करार भङ्ग तथा नवीकरण नगरिएका कारण विदेशी पाइलटप्रति निगमको आर्थिक दायित्व घट्न गई जुलाई महिनामा जम्मा मासिक रु ७३ लाख ७१ हजार मात्र रहेको जनाएको छ । जुन कोभिड–१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।

यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार ए ३२० जहाजमा कम्तिमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटमध्ये एक जना प्रशिक्षक पाइलट करिव २ महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज सञ्चालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल एक जना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा  राखिएको उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै