९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

१५ आश्विन २०७७, बिहीबार ०७:००

असोज १५, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा छिटोमा असोज २५ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।   कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ । 

 हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो