९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि दैनिक ६१ आन्तरिक उडान, कुनको कति ?

१५ आश्विन २०७७, बिहीबार ०७:०४

असोज १५, काठमाडौँ ।  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्तव्य क्षेत्रमा दैनिक २५ उडान तालिका माग गरेकोमा क्यानले २९ उडान अनुमति दिएको छ । बुद्धलाई विराटनगरबाट तुम्लिङटार दैनिक १ उडानको अनुमति दिइएको छ ।  यसैगरी यतीले १५ माग गरेकोमा १५ उडान दिईएको छ ।

प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको थियो भने यतीले १२ उडान गर्दै आएको थियो । यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ । 

सिम्रिकले दैनिक २ वटा उडानको अनुमति पाएको छ । तारा एयरले काठमाडौं लुक्ला ३ वटा र फाफ्लुमा साताको ३ वटा उडान अनुमति पाएको छ । समिटलाई लुक्लामा दैनिक २ वटा र सातामा ५ वटा जोमसोम उडानको अनुमति दिइएको छ भने सिता एयरलाई काठमाडौंबाट ताप्लेजुङ २ वटा र लुक्ला एउटा उडान अनुमति दिइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो