१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक ६ गते, दशैंअघि सेयरधनीले लाभांश पाउने

१५ आश्विन २०७७, बिहीबार ०८:०२

असोज १५, काठमाडौँ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्‍ने भएको छ ।

बैंकको साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ३.७३ प्रतिशत अर्थात् २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्नेछ ।

त्यस्तै  साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्‍विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिए सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको बैंकले जनाएको छ । 

बैंकले साधारणसभाका लागि बुक क्लोज मितिसमेत तय गरेको छ । जसअनुसार बैंकले असोज २२ गते सेयर दाखिला खारेजको दर्ता बन्द गर्ने भएको छ । बैंकले २२ गते बुक क्लोज मिति तोकेसँगै असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको  लाभांश पाउनेछन् । सोही मितिसम्म कायम सेयरधनीले सभामा पनि भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद!