१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् व्यवस्थापन कोषमा महासङ्घको सहयोग

१६ आश्विन २०७७, शुक्रबार ०४:४२

असोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको होे । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।

“विशेषगरी चितुवाको आक्रमणबाट मानिस घाइते हुने, घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु तथा बाँदरबाट अन्नबालीको क्षति हुनु द्वन्द्वको मुख्य कारण हो”, उहाँले भन्नुभयो । वन्यजन्तुले पुर्याएका क्षतिका कारण स्थानीय समुदायमा वन्यजन्तुप्रति नकारात्मक सोचको विकास भई बदलाको भाव पैदा भएको उहाँको भनाइ छ ।

वन्यजन्तुले पुर्याएको क्षति व्यवस्थापनका लागि भन्दै सो रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तु व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाइएको र उक्त कार्यविधिको कार्यान्वयन शनिबारबाट हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कास्की र तनहँुमा विगत पाँच वर्षदेखि फेकोफनको नेतृत्वमा यससम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर