२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मादी नदीमा ताल : डिपिआर बनाउन सम्झौता

२०७७, १६ आश्विन शुक्रबार ०५:०२

असोज १६, दमौली । तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो । कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीबार सम्झौता गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले इकोकोड नेपाल तथा प्यारागन जेभीका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौतापत्र हस्तान्तरण गर्नुभयो । 

मादी नदीले ओगटेको भूभाग क्षेत्रको आसपासमा बस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदी क्षेत्रको संरक्षण गर्ने उद्देश्य राखेर नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाले व्यास नगरपालिका–३, ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीको १८ किलोमिटर भूभागको गुरुयोजनासहित कृत्रिम ताल निर्माणको प्रकृया अगाडि बढाएको छ । 

एकीकृत विकास परियोजनाको प्रकृया अगाडि बढाइएकोमा गुरुयोजनाको प्रतिस्पर्धामा १३ फर्म छनोट भएका थिए । त्यसमध्ये मूल्याङ्कनबाट इकोकोड नेपाल तथा प्यारागन जेभी छनोट भएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले ६ महिनाभित्र डिपिआर तयार गरेर नगरपालिका समक्ष बुझाउनुपर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । 

मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायत संरचना निर्माण गर्ने उद्देश्य छ । 

एक्लेडाँडामा बुद्धको मूर्ति

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडामा बुद्धको मूर्तिसहित पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित उक्त ठाउँमा बुद्धको मूर्ति र अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो ।

वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा बन्दाबन्दीकै अवधिमा जिओ इन्जिनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरेको छ । एक्लेडाँडामा बुद्धको मूर्ति निर्माणका लागि माटो परीक्षणसमेत सम्पन्न भइसकेको छ । 

वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रबद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताउनुभयो । “सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौ”, रेग्मीले भन्नुभयो, “चालु आर्थिक वर्षमै यस ठाउँमा पूर्वाधार निर्माणका काम शुरु हुन्छ ।” चालु आर्थिक वर्षमा नगरपालिकाले यसका लागि रु दश लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बाटो निर्माण, सिढी र रेलिङ निर्माणका काम शुरु गरिनेछ ।

डिपिआर अनुसार बुद्धको मूर्तिसहित अन्य पूर्वाधार निर्माणका लागि करीब रु तीन करोड बजेट अनुमान गरिएको छ । तिब्बतीयन क्याम्प नजिकै भएकाले डाँडामा बुद्धको मूर्ति निर्माण गरिने र पूजाआजाको व्यवस्था पनि मिलाइनेछ । त्यस्तै उक्त ठाउँमा अष्टवाराहीको मूर्ति पनि निर्माण गर्ने प्रस्ताव छ । वडाध्यक्ष रेग्मीका अनुसार यस ठाउँमा पार्क, बनभोज स्थललगायत अन्य पूर्वाधार निर्माण गर्ने योजना छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा