२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरका स्थानीय तहमा कोभिड अस्पताल र आइसोलेसन निर्माण शुरु

२०७७, १६ आश्विन शुक्रबार ०७:४४

असोज १६, पाँचथर । पाँचथरका स्थानीय तहले कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण शुरु गरेका छन् । सङ्घीय सरकारको निर्देशनानुसार यहाँका फिदिम नगरपालिका तथा याङवरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले कोभिड विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् । 

जिल्ला सदरमुकामसमेत रहेको फिदिम नगरपालिकाले यहाँका तीन वटा अस्पताल तथा फिदिमस्थित अगुवा स्रोत केन्द्रको भवनमा आइसोलेसन सञ्चालन गरिरहेको छ । सदरमुकाम बाहिरका अन्य स्थानीय तहले समेत चाड पर्वसँगै कोभिड–१९ सङ्क्रमण फैलने आँकलन गर्दै विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् । स्थानीय तहमा चिकित्सक नियुक्तिको प्रक्रियासमेत शुरु भएको बताइएको छ । 

हिलिहाङ गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा १० श्ययाको आइसोलेसन र जोरपोखरीस्थित सामुदायिक भवनमा २० श्ययाको क्वारेन्टिन निर्माण थालिएको छ । गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनका अनुसार यसअघि क्वारेन्टिनको रुपमा रहेको स्वास्थ्य केन्द्रलाई आइसोलेसनमा परिणत गर्ने कार्य शुरु भएको हो । यस्तै गाउँपालिकाभित्रका तीन वटा विद्यालयमा रहेका क्वारेन्टिनलाई हिलिहाङ–५ स्थित सामुदायिक भवनमा स्थानान्तरणका लागि संरचना निर्माण भइरहेको छ । हिलिहाङको क्वारेन्टिनलाई फालेलुङ गाउँपालिकाले समेत प्रयोग गर्ने भएको छ । 

उत्तरी याङवरक गाउँपालिकाले याङवरक–४ थर्पू बजार नजिकै रहेको सामुदायिक भवनलाई कोभिड विशेष अस्पतालका रुपमा निर्माण थालेको छ । “एक सातामा अस्पताल निर्माणको कार्य पूरा हुन्छ”, गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, “चिकित्सक नियुक्तिको प्रक्रिया पनि अगाडि बढिसकेको छ ।” गाउँपालिकाले विद्यालयमा रहेका क्वारेन्टिन हटाउन उपयुक्त स्थानको खोजी गरिरहेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो । प्रशस्त संरचना नरहेकाले व्यक्तिका घरभाडामा लिएर भए पनि क्वारेन्टिन निर्माण अघि बढाइने योजना रहेको घिमिरेको भनाइ छ ।

दक्षिणी कुम्मायक गाउँपालिकाले कुम्मायक–१ स्थित यासोक स्वास्थ्यचौकीलाई कोभिड–१९ विशेष अस्पतालका रुपमा संरचना निर्माण थालेको छ । गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले तत्कालका लागि पाँच श्ययाको अस्पताल निर्माण थालिएको बताउनुभयो । गाउँपालिकाले क्वारेन्टिनको उपयुक्त प्रबन्धसमेत गर्ने उहाँको भनाइ छ । यस्तै फाल्गुनन्द गाउँपालिकाले फाल्गुनन्द–४ राँके बजारस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा आठ श्ययाको आइसोलेसन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार राँकेमै छुट्टै क्वारेन्टिनको समेत प्रवन्ध गरी शैक्षिक संस्थाबाट क्वारेन्टिन हटाइसकिएको छ । दक्षिणी तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा भने विशेष अस्पताल र आइसोलेसन निर्माण चुनौतीपूर्ण भएको छ । “यहाँ सङ्क्रमितलाई राखिए भौगोलिक विकटता र यातायात नचल्ने हुँदा उचित उपचारको प्रवन्ध गर्न कठीन पर्ने देखियो”, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “गम्भीर समस्या भए उपचारमा लैजान नसकिने हुँदा अन्यत्रै राख्ने कि भन्ने छलफल भइरहेको छ ।”

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले विदेशबाट र कोभिड–१९ को उच्च सङ्क्रमणबाट रहेका स्थानबाट आएकालाई राख्न छुट्टै क्वारेन्टिन निर्माण गर्ने, शैक्षिक संस्थामा रहेका क्वारेन्टिन हटाउन निर्माण गरेअनुसार स्थानीय तहहरुमा क्वारेन्टिन, आइसोलेसन र अस्थायी अस्पताल निर्माण थालिएको हो । यस क्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासहित सुरक्षा अधिकारी र जनप्रतिनिधिको टोलीले बिहीबार हिलिहाङ र याङवरकमा निर्माणाधीन क्वारेन्टिन, आइसोलेसन र अस्थायी अस्पतालको अनुगमन गरेको छ ।

समितिको निर्णयानुसार फिदिमस्थित फिदिम माध्यमिक विद्यालय र पाँचथर बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनलाई फिदिम–४ स्थित कृषि सामग्री संस्थानको प्रयोगविहीन भवनमा स्थानान्तरण गरिने भएको छ । यस्तै आयोजना तथा परियोजनामा आउने विदेशी कामदार, विदेशबाट आउने र कोभिड–१९ को उच्च सङ्क्रमण रहेका क्षेत्रबाट आउनेको तथ्याङ्क र पूर्ण विवरण राख्ने तथा शङ्कास्पद बिरामी भेटिए क्वारेन्टिनमा राख्ने प्रबन्ध गर्ने कार्यसमेत शुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने