२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शनिबार देशभरका यी स्थानमा जानेछन् बत्ती

२०७७, १७ आश्विन शनिबार ०५:५५

असोज १७, काठमाडौं । नेपाल विद्युत् प्रधिकरणले शनिबार बत्ती जाने क्षेत्रबारे जानकारी गराएको छ । प्राधिकरणले देशैभर बत्ति जाने क्षेत्र जानकारी गराएको हो ।

विविध निर्माण कार्य जारी रहँदा पछिल्लो समय देशैभर बत्ति काटिन थालेको छ । यस्तोमा धनकुटा, चितवन, पोखरा, राजधानीका तीनै जिल्ला र पोखरमा कुन समय के कारणले बत्ति जाने जानकारी प्राधिकरणले गराएको हो ।

प्राधिकरण्का अनुसार राजधानीको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत् पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ । उक्त फिडर अन्तर्गत वितरण हुने वस्तीमा विद्युत काटिने जानकारी प्राधिकरणले बताएको छ ।

यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ति काटिने बताइएको छ । जसकारणा बालाजु क्षेत्रमा शनिबार दिउँसो बत्ति आउने छैन ।

यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बत्ति काटिने छ । चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ ।

चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ति काटिने छ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने बताइएको छ । पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म लाइन काटिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो