९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

१७ आश्विन २०७७, शनिबार ०६:१६

असोज १७, कर्णाली । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो ।

लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो । सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताउनुभयो । “कोरोना प्रभावितका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर राहत प्याकेज ल्याएका हौँ”, उहाँले भन्नुभयो, “नयाँ उद्यम गर्न चाहनेलाई सस्तो ब्याजदरले राहत मिल्नेछ, निक्षेपतर्फ पनि ११ प्रतिशतसम्म ब्याजको व्यवस्था गरिएको छ ।”

सहकारीले यसअघि १५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको थियो । प्रबन्धक पौडेलका अनुसार लघुकर्जामा ब्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको ब्याज १२ प्रतिशत, मासुजन्य–दूधजन्य–तरकारीजन्यमा नौ प्रतिशत, स्वालम्बन कर्जा ब्याज १० प्रतिशतमा दिने निर्णय भएको छ । साना किसान सहकारी संस्थाले नयाँ सहकारी ऐनअनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्र सहकारीमा आवद्ध हुनुपर्ने कानूनी प्रावधान भएकाले आफ्ना सेयर सदस्यहरुलाई कुनै एक सहकारी रोज्न आग्रह गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो