२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणलीमार्फत

२०७७, १८ आश्विन आईतवार ०२:२३

असोज १८, खोटाङ | केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ । 

दाबी बिरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सात वडामध्ये शुरुमा वडा नम्बर–४ बाक्सिला र वडा नम्बर–५ सप्तेश्वरका लाभग्राहीलाई बैङ्कमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । 

क्रमशः अन्य वडाका लाभग्राहीलाई पनि बैङ्कमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आगामी मङ्सिरमा सामाजिक सुरक्षा भत्ताको दोश्रो चौमासिक निकासा हुँदैछ ।

गाउँपालिकाको गत भदौ ११ गतेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको थियो । सामाजिक सुरक्षा भत्तामा पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन नेपाल सरकारको नीतिअनुसार आर्थिक वर्ष २०७३/०७४ देखि नै बैङ्कमार्फत वितरण गर्ने पहल गरिए पनि अधिकांश स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

दश स्थानीय तह रहेको जिल्लामा कर्मचारीमार्फत लाभग्राहीको घरघरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको पाइएको छ । पछिल्लो समय साकेला गाउँपालिका–४ मात्तिममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको पाइएको हो । 

वडाध्यक्ष भट्टराईको मिलेमतोमा लामो समयदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाएपछि गाउँपालिकाले छानविन शुरु गरेको छ । गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा समिति गठन गरेर छानविन शुरु गरिएको हो । 

सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततामा संलग्न जोकोहिलाई कारवाहीको दायरामा ल्याउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्तो अनियमितता हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।” 

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताउनुभयो ।

यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा