९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैँसे–भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव

१८ आश्विन २०७७, आईतवार ०३:२५

असोज १८, मकवानपुर | वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्रथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो । उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको उहाँले बताउनुभयो ।

उहाँले सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी दिनुभयो । सुरुङमार्ग निर्माणका लागि विभिन्न देशका १२ वटा कम्पनीले परामर्शदाताको रूपमा काम गर्न इच्छाएर प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै मन्त्री फुँयालले परामर्शदाताको छनोटलगत्तै सुरुङमार्गको निर्माणका लागि बोलपत्र आह्वान गरिने बताउनुभयो । 

रासससँग कुरा गर्दै मन्त्री फँुयालले मदन भण्डारीमार्गअन्तर्गत मकवानपुरको भैँसेबाट भीमफेदी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ बल्खुसम्मको ६५ किलोमिटर सडक विस्तारको काम द्रुतगतिमा भइरहेको बताउनुभयो । उहाँले सोहीमार्गअन्तर्गत रु ५० करोड लागतमा भैँसेबाट भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो । सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुयालले चालू आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुर्याउने दाबी गर्नुभयो ।

वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ ।

पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १८ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार तीन दशमलव २१ किलोमिटर लामा, १५ र सात मिटर फराकिला दुईवटा सुरुङ निर्माण गरिने छ । सरकारले सुरुङमार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग समेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा–काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो