२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

२०७७, १८ आश्विन आईतवार ११:३३

असोज १८, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । 

कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताउनुभयो । त्यतिबेला दैनिक झण्डै ६० वटासम्म अर्डर आएकामा अहिले दैनिक झण्डै आठ÷नौ वटा मात्रै अर्डर आएका छन् । बन्दाबन्दीको समयमा नागरिक खाद्यान्न किन्न टाढा जान नसक्ने भएकाले बढी अर्डर आए पनि अहिले यातायात सहज भएकाले अर्डर कम भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नागरिकले सही मूल्यमा खाद्यान्न पाएमा यहीँबाट किन्नुपर्छ भन्ने पनि होइन ।” 

कम्पनीले सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्षित गरेर ‘होम डेलिभरी’ शुरु गरेको थियो । पहिले कम्पनीको मात्रै सामान राखिएकामा अहिले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानको सहकार्यमा तीनै संस्थाको खाद्यान्न तथा खाद्य सामग्री एउटै स्थानबाट बिक्री भइरहेको छ । उपभोक्ताले ‘होम डेलिभरी’ मा पनि सूपथ मूल्यमा यी सामग्री पाउनेछन् ।

दशैँ, तिहार, छठलगायत चाडँपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल शुरु भएका छन् । तीनै संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेर बिक्री गरिरहेका छन् । लिमिटेडले खाद्यान्नमा प्रतिकिलो रु पाँचसम्म छुट दिइरहेको छ । चामल, सीमी, फापरलगायतका सबै खाद्यान्नमा सामान्य अवस्थामा भन्दा छुटको व्यवस्था गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा