२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मत्स्य पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन

२०७७, १९ आश्विन सोमबार ०४:३८

असोज १९, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न  सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । कमला नदीको कटानबाट किसानका  १४ हजार विघा उपजाउ जग्गा प्रभावित रहेको छ ।

कमलाको वडा नं ४, ५ ,६ , ७ , ८ , ९ र जनकनन्दनीको वडा नं १ र ६ मा उकासिएको जग्गामा सहकारीका माध्यमबाट मत्स्यपालन गरी पर्यटन केन्द्र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । करिब ४ फिटसम्म बालुवा पुरिएको , खाल्डाखुल्डी भएको सो जग्गामा पूर्वमन्त्री रामचन्द्र झा र कमला नगरपालिकाका प्रमुख राम उद्गार गोइतको सक्रियतामा पोखरी खनेर माछा पालन योजनामा सहकार्यका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।पूर्वमन्त्री झाका अनुसार जनकनन्दनी गाउँपालिकाको मल्हनियाँदेखि कमलाको टेडामोडसम्मको करिब १० किलोमिटर लामो र सरदर १ किलोमिटर चौडाइ भएको जग्गामा पोखरी खनेर मत्स्य पर्यटन केन्द प्रवद्र्धनका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

जग्गा स्थलगत निरीक्षण गर्नुभएका मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख मत्स्य विकास अधिकृत प्रमोदकुमार रिजाल, मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्मा , प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ जनकपुरधामका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत युगलकिशोर तिवारी , पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादव र मत्स्य विकास अधिकृत सुभाषकुमार झासहितका टोलीले उकासिएको जग्गामा पोखरी खनेर माछापालनको सम्भाव्यतालाई मूर्त रूप दिन किसानसँग छलफलसमेत गरेको छ ।  निर्देशक यादले कमलाको भङ्गालोमा मत्स्यपालनका लागि उपयुक्त भएको बताउनुभयो । पहिलो चरणमा अध्ययन गरी प्रतिवेदन दिए लगतै योजनालाई मूर्त रूप दिने  बताइएको छ ।नगरप्रमुख  गोइतले जग्गाधनीको लालपूर्जा अनुसार सहकारीको माध्यमबाट आम्दानीको बाँडफाँड गरिने आधारमा जग्गाधनीकै स्वामित्व रहने गरी योजनालाई मूर्त रूप दिइने अवधारणा राखिएको जानकारी दिनुभयो  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा