२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु नेशनल पेमेन्ट्स इन्टरफेस मार्फत हुने

२०७७, १९ आश्विन सोमबार ०७:४९

असोज १९, काठमाडौं। सामाजिक सुरक्षा कोषले आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने प्रकृयाको थालनी गरेको छ। 

उपदानसम्बन्धी भुक्तानीका साथै कोषले दिने आश्रित परिवार दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत आफ्ना भुक्तानीहरु एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को को प्रयोग गरी अनलाईनबाटै गर्न थालेको हो । यसरी एनपीआईमा जोडिएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत् सोझै लाभाग्राहीको बैंक खातामा साविक रकम जम्मा हुने व्यवस्था रहेको छ ।

हाल कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट भुक्तानी दिने गरिएको छ। एनसीएचएल र कोषबीच गत वर्ष नै एनपीको प्रयोग गरी बैंक खातामा आधारित भुक्तानी गर्नका लागि सम्झौता भएको थियो ।

रोजगारदाताले कोषको अनलाईन एसओएसवाईएस  प्रणालीमा आफूलाई दर्ता गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई-पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् हुँदै आएको छ। जसअन्तर्गत हालसम्म दश हजारभन्दा बढी कारोबारमार्फत् १.७ अर्ब रुपैयाँबराबरको रकम संकलन भइसकेको उल्लेख गरिएको छ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीमार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल आईपीसको सञ्जालमा क्रमश: ५५ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन्।

एनसीएचएलले एनसीएचएल-ईसीसी एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, ई पेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ। साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/ पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट /प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ। सन् २०११ मा स्थापना गरिएको सामाजिक सुरक्षा कोष योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम संचालनमा रहेको छ। कोषको मुख्य उद्देश्य भन्नु नै योगदानकर्ताहरुको सामाजिक सुरक्षालाई ध्यानमा राखी विभिन्न योजना तथा कार्यक्रममार्फत् सञ्चित रकमको उचित परिचालन गर्नु हो। थप जानकारीका लागि www.nchi.com.np मा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो