२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दराजको दशैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगितासम्म

२०७७, १९ आश्विन सोमबार ०८:०६

असोज १९, काठमाडौं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल (दराज दशैं धमाका ल्याएको छ । यो धमाकेदार अभियान यहि असोज १९ अर्थात् अक्टोबर ५ देखि शुरू  हुने भएको कम्पनीले जनाएको छ ।

उक्त सेल योजनाअन्तर्गत उपभोक्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारि छूट्, आकर्षक भाउचरहरू, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट्, फ्ल्यास सेल्स, निस् शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रूपी गेम, वील अफ फोच्र्युन र अन्य धेरै आकर्षणहरूको लाभ उठाउन सक्नेछन् ।

सेल अभियानको विशेष पार्टनरहरूको रूपमा टिभिएस, र कोका कोला रहेका छन् । त्यसैले उपभोक्ताहरूले यी अग्रणी ब्रान्डका उत्पादनहरूमा आकर्षक अफरहरूको पनि लाभ उठाउन सक्ने बताइएको छ ।

कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २०५ (अधिकतम २५०० रूपैयाँ) सम्मको छूटको पनि व्यवस्था गरेको छ । जसमा नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकहरूले छुट पाउनेछन् । यदी उपभोक्ताहरूसँग उक्त बैंकहरूको कार्ड छ, तर अन्लाईन पेमेन्ट सुचारू छैन भने बैंकमा सम्पर्क गरी सुचारू गर्न सकिनेछ ।

पार्टनर ब्रान्डहरूमा दामी डिल्स्

अभियानका लागि पार्टनर ब्रान्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसंग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वल्र्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स(एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन्। उपभोक्ताहरूले यी ब्रान्डका खास उत्पादनहरूमा ६० प्रतिशतसम्मको छूट् पाउनेछन् ।

अनलाइन लूडो प्रतियोगिता

दराजले उपभोक्ताहरूको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरू बीच हुने छ । पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरूले अमेरिकी २५ डलर जित्नेछन् ।

यसबाहेक नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीते छन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन् । प्रतियोगिता असोज २१ गतेदेखि २२ गतेसम्म हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ । प्रतियोगितामा भाग लिनको लागि असोज ५ देखि २१ गतेभित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा