२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरको बोखिमका घरघरमा पुग्यो बिजुली

२०७७, २२ आश्विन बिहीबार ०६:४६

असोज २२, भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् ।

स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभयो, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चालनमा आएपछि बिजुली बाल्न पाएका छौँ अहिले दैनिक कामकाज गर्न सहज भएको छ ।’’

विद्युत् विस्तार भएपछि स्थानीयले कुटानीपिसानी लगायतका सामग्रीसमेत सञ्चालनमा ल्याएका छन् भने विद्यार्थीलाई सहज बनाएको छ । विद्युत्को अभावमा मोबाइल चार्ज गर्न समस्यामा पर्दै आएका यहाँका स्थानीय अहिले विभिन्न विद्युतीय उपकरण जोडेर आफ्ना कामहरु गरिरहेका छन् । अर्का स्थानीय निच्छाकुमार राईले भन्नुभयो, ‘‘विद्युत्ले जीवन सजिलो बनाउँदोरहेछ, लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ, हामीलाई मोबाइल चार्ज गर्नसमेत समस्या थियो, अहिले विद्युतीय मिल जडान गरेका छौँ, रेडियो, टीभीको माध्यमबाट देश विदेशका सूचना थाहा पाउन सहज भएको छ, वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुशी छौँ ।’’

बोखिममा स्थानीय तह कार्यान्वयन अगाडि साबिकका नौमध्ये पाँच वडामा विद्युत् विस्तार भएकोमा अहिले सबै ठाउँमा विद्युत् विस्तार भएको छ । निर्वाचित भएर आएपछि प्राथमिकता निर्धारण गरेर काम गरेकाले थोरै बजेटमा पनि नतिजामुखी काम भएको वडा कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा ठूलो क्षेत्र रहेकाले  धेरै चुनौतीको सामना गर्दै विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष जसबहादुर राईले जानकारी दिनुभयो  । केही समयपछि उज्यालो वडा घोषणा गर्नेसमेत लक्ष्य रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो,‘‘ हाम्रो क्षेत्र उत्तरमा सुन्तले डाँडादेखि पिखुवाखोलासम्म छोएको ठूलो भू–भाग छ, हामीले वडामा आएको थोरै बजेटलाई पनि उचितढङ्गले सञ्चालन गरेर सबै ठाउँमा विद्युत् पुर्याउन सफल भएका छौँ, अब हामी उज्यालो वडा घोषणाको तयारीमा छौँ ।’’ हालसम्म भोजपुरका  ४९ प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रवीनबाबु घिमिरेले जानकारी दिनुभयो ।

वडा कार्यालयले कृषि खानेपानीको क्षेत्रमा  पनि प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । आफ्नो क्षेत्रमा एक घर एक प्लाष्टिक टनेल कार्यक्रम सञ्चालन गरेको छ भने वडा कार्यालयको बजेटमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । ‘‘हाम्रो वडामा पिउने पानीको पनि अत्यन्तै समस्या थियो, वडा कार्यालयको लगानीमा रु २७ लाख ५० हजार र रु १० लाख लागतमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेर स्थानीयलाई पानी वितरण गरेका छौँ, यी बाहेक स–साना दश बढी खानेपानी आयोजनाको काम सम्पन्न भएको छ, अब यहाँको पानीको समस्या पनि अन्त्य भएको छ,’’ वडाध्यक्ष राईले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा